Logo

२२ माघ, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।

दुधौली नगरपालिका–१० स्थित खत्रीचोकको भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा स्थानीय ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार अनियन्त्रित भई भएको उक्त दुर्घटनामा सुनुवार गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल सिर्थौलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।


सम्बन्धित समाचार