Logo

१४ माघ। काठमाडौं । निर्वाचन आयोगले भर्खरै सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माघ ११ गते भएको निर्वाचनको विस्तृत विवरण सहितको प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिवेदन बुझाउने क्रममा आयोगले यसपटकको राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको वित्तीय विवरण समेत सार्वजनिक गरेको छ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न भएपछि त्यसको आधिकारिक प्रतिवेदन राष्ट्राध्यक्षसमक्ष बुझाउनुपर्ने प्रावधान अनुरूप आयोगले सो दस्ताबेज हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा आयोगका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार