Logo

१४ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित घरदैलो कार्यक्रम  सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

घरदैलो अभियानका क्रममा “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित रास्वपाका नेता तथा कार्यकर्ताहरू स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिताले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।

कार्यक्रमका क्रममा रास्वपाका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीका मुख्य एजेन्डा रहेको बताए। साथै, स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पर्सा–२ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार