Logo

१४ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बुद्धिप्रसाद (हरि) पन्तले वडा नं. १८ क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। स्थानीयवासीसँगको भेटघाटलाई प्राथमिकतामा राख्दै उनले आफ्ना चुनावी एजेन्डाबारे जानकारी गराउँदै विकास, सुशासन, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन्।

पन्तले जनसहभागिताको महत्व औँल्याउँदै परिवर्तनका लागि जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले नागरिकको आवाजलाई नीति निर्माण र कार्यान्वयनको केन्द्रमा राख्ने उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पन्तले आगामी दिनहरूमा पनि पर्सा निर्वाचन क्षेत्र नं. १ का विभिन्न वडाहरूमा घरदैलो तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार