Logo

१४ माघ,सेढवा । जिराभवानी गाउँपालिका–१ महादेवपट्टीमा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यालयको उद्घाटन मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले गर्नुभएको हो।

नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष शेख आजम गैसुदिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख रेखा चौधरी, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह, गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष सोमनाथ सापकोटा, वडा कार्यसमितिका सचिव सत्रुधन ओझैया, पालिका सदस्य ऋषि हजरा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा महादेवपट्टीका स्थानीय जङ्गबहादुर महतोले अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी गराइएको थियो। उनले नेपाली कांग्रेसको विचार र कार्यक्रम मन परेकाले पार्टीमा आबद्ध भएको प्रतिक्रिया व्यक्त गरे।

उद्घाटन समारोहमा वक्ताहरूले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।


सम्बन्धित समाचार