Logo

१६ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका दिनेश सिटौला अचानक गम्भीर बिरामी परेका छन् ।

नुवाकोट घर भएका ४४ वर्षीय सिटौला बुधबार बिहान चुनावी अभियानकै क्रममा एक्कासि बेहोस भएपछि उनलाई तत्काल थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बिरामीको अवस्थालाई मध्यनजर गर्दै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर आकस्मिक उद्धार गरिएको थियो ।

काठमाडौँदेखि नै बालेनको टोलीसँगै अछाम पुगेका सिटौलाको स्वास्थ्यमा देखिएको यो जटिलतापछि अहिले उनलाई काठमाडौँस्थित अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ ।


सम्बन्धित समाचार