Logo

१६ माघ, वीरगञ्ज । शहीद दिवसको पावन अवसरमा नेपाली समाजका विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारण नागरिकहरूले देश, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो जीवन बलिदान दिने वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसै अवसरमा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पर्सा–१ प्रतिनिधिसभा उम्मेदवार राम नरेश यादवले वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा शहीदको शालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरे।

श्रद्धाञ्जली कार्यक्रमपछि बोल्दै नेता यादवले वीर शहीदहरूको बलिदानको उच्च मूल्यांकन गर्दै भने, “शहीद दिवसको पवित्र अवसरमा वीर शहीदहरूप्रति हार्दिक श्रद्धा व्यक्त गर्दछु। उनीहरूको त्याग र बलिदानले नै आजको लोकतान्त्रिक व्यवस्था सम्भव भएको हो। वीर शहीदहरू अमर रहून्।”

कार्यक्रममा सहभागी अन्य राजनीतिक नेताहरू तथा नागरिकहरूले पनि शहीदहरूको योगदान स्मरण गर्दै लोकतन्त्र, सुशासन र राष्ट्रिय एकताको महत्व औँल्याएका थिए। सहभागीहरूले शहीदहरूको सपना साकार पार्न इमान्दार नेतृत्व, जवाफदेही शासन र सामाजिक सद्भाव आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा उपस्थित सबैले शहीदहरूको बलिदानलाई सदैव स्मरण गर्दै उनीहरूले देखेको समुन्नत, न्यायपूर्ण र समावेशी नेपालको निर्माणमा आफूहरू प्रतिबद्ध रहने संकल्प व्यक्त गरेका थिए।


सम्बन्धित समाचार