१६ माघ, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले सबैया साझेदारी वन उपभोक्ता समूहका नवनिर्वाचित अध्यक्ष लखनलाल साह कानुलाई सम्मानित गरेका छन्।
साझेदारी वन उपभोक्ता समूहको २२ औँ साधारण सभाबाट अध्यक्षमा निर्वाचित साहलाई शुक्रवार वीरगञ्जस्थित आफ्नै निवासमा चौरसियाले स्वागत तथा सम्मान गरेका हुन्।
उक्त अवसरमा चौरसियाले नवनिर्वाचित अध्यक्ष साहसँग आगामी निर्वाचनका विषयमा समेत छलफल गरेका थिए। खुट्टामा चोट लागेका कारण हाल स्वास्थ्य लाभ गरिरहेका चौरसियाले आफ्नो घरमै क्षेत्र नम्बर २ का विभिन्न व्यक्तित्व, नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै चुनावी रणनीतिबारे विचार विमर्श गरिरहेका छन्। यस विषयमा क्षेत्रीय सचिव रन्जितकुमार पटेलले जानकारी दिएका छन्।
भेटघाट, सम्मान तथा छलफल कार्यक्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानुका साथै नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलको पनि उपस्थिति रहेको थियो।
चौरसियाद्वारा नवनिर्वाचित अध्यक्षको सम्मानले क्षेत्रीय राजनीतिमा आपसी सहकार्य र चुनावी गठबन्धनलाई अझ बलियो बनाउने संकेत दिएको विश्लेषकहरू बताउँछन्।
















