Logo

१६ माघ, वीरगञ्ज । सहिद दिवसको अवसरमा पर्सा क्षेत्र नं.१ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजय चौरसिया आज वीरगञ्जस्थित सहिद पार्क पुगेका छन्। उनले सहिदहरूको सालिकमा माल्यार्पण गर्दै देशका लागि सहिदहरूले दिएको बलिदान, त्याग र ऐतिहासिक योगदानप्रति श्रद्धाञ्जली अर्पण गरे।

सो अवसरमा उम्मेदवार चौरसियाले सहिदहरूले देखाएको मार्ग नै वर्तमान राजनीतिक यात्राको प्रेरणा भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनमा सहिदहरूको भूमिका अविस्मरणीय रहेको बताए।
उनले भने,
“सहिदहरूको बलिदानले नेपालको लोकतान्त्रिक यात्रालाई सही दिशा दिएको छ। उनीहरूले देखेको सपना पूरा गर्न इमानदार नेतृत्व, पारदर्शी शासन र जनमुखी विकास अपरिहार्य छ।”

उम्मेदवार चौरसियाले सहिदहरूले चाहेको न्याय, समानता र सामाजिक रूपान्तरणको लक्ष्य पूरा गर्न नेपाली कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको समेत दोहोर्‍याए।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहिद दिवसको अवसरमा वीरगञ्जस्थित सहिद पार्कमा बिहानैदेखि श्रद्धाञ्जली अर्पण गर्नेहरूको भीड देखिएको थियो।


सम्बन्धित समाचार