Logo

१६ माघ, वीरगञ्ज ।  पर्सा क्षेत्र नम्बर–३ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल प्रसाद यादवले निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

यसै क्रममा आज पटेर्वासुगौली गाउँपालिका स्थित भवरीमाई मन्दिरको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा उम्मेदवार यादवले आगामी निर्वाचनका विषयमा छलफल गरेका थिए। उनले वर्तमान निर्वाचन विशेष परिस्थितिमा भइरहेको उल्लेख गर्दै आफ्नो तथा पार्टीको एजेण्डा जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह गरे।

यादवले जनताको समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


सम्बन्धित समाचार