१७ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रामाकान्त चौरसियाले पोखरिया नगरपालिका वडा नं. ७ रानीगञ्ज रहरिया गाउँटोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र विकास योजनाबारे जानकारी गराएका थिए। उनले यस क्षेत्रको समग्र विकास, आधारभूत सेवा–सुविधा विस्तार र जनताको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
चौरसियाले बालेन नेतृत्वको सरकारले अब प्रत्यक्ष संवादमार्फत जनतासँग जोडिने र जनताको शासनको अनुभूति गराउने विश्वास व्यक्त गरे। स्थानीयवासीहरूले पनि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका समस्या उम्मेदवारसमक्ष उठाएका थिए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
















