१७ माघ, काठमाडौं । अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिंदै आफ्नो सैन्य तयारीलाई तीव्र बनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले आफ्नो सेनामा करिब १ हजार लडाकु ड्रोनहरू समावेश गरेको छ।
इरानले हालै सैन्य अभ्यासको घोषणा गरेको छ। यी घटनाक्रम यसै हप्ताको सुरुवातमा अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत नेतृत्वको स्ट्राइक ग्रुप परिचालन गरेपछि देखा परेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानतर्फ ठूलो आर्मडा अघि बढिरहेको र सम्झौतामा पुग्न समय सीमित रहेको चेतावनी दिनुभएको थियो।
विशेषज्ञहरूका अनुसार यी घटनाक्रमले क्षेत्रीय सुरक्षा जोखिम बढाएको र द्विपक्षीय तनाव अझ गहिरो हुने सम्भावना देखाएको छ।
















