Logo

१७ माघ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभएको छ।

शनिबार सिंहदरबारमा आयोजित कार्यक्रममा उपराष्ट्रपतिले भने, “आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार हो। यसका लागि सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण छ।”

उहाँले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि र शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमको योगदान आवश्यक रहेको बताउनुभयो। साथै, पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो।

उपराष्ट्रपतिले डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको आवश्यकता भएको र राष्ट्रको आवाज सशक्त बनाउन सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण भएको पनि उल्लेख गर्नुभयो।


सम्बन्धित समाचार
भर्खरै