१७ माघ, काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको निर्वाचन असाधारण परिस्थितिमा हुन लागेको बताएका छन्। शनिबार सोलुखुम्बुका पार्टी कार्यकर्तासँग काठमाडौँमा आयोजित कार्यक्रममा उनले असाधारण परिस्थितिमा निर्वाचन सम्पन्न गर्न सकेकोमा सबैको साथ र सहयोगको सराहना गरे।
उनले भदौ २३ र २४ को जेएन–जे आन्दोलनपछि देश संकटमा परेको र त्यसलाई पार लगाउने एक मात्र उपाय निर्वाचन नै भएको बताएका छन्। अन्य राजनीतिक दलहरूले निर्वाचन नगर्नुपर्ने तर्क गरे पनि आफ्नो पार्टीले यसलाई अनिवार्य रूपमा अगाडि बढाउनुपर्छ भनी लागिपरेको बताए।
प्रचण्डले निर्वाचन प्रक्रियालाई अघि बढाउँदै राष्ट्रमा नयाँ शक्ति र नयाँ एकताको आवश्यकता पूरा गर्ने उद्देश्यले नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको उल्लेख गरे। उनका अनुसार अहिले पार्टीभित्र २३ वटा महत्वपूर्ण खटकहरु एकै ठाउँमा आएर वैदेशिक चलखेल रोक्न मद्धत पुगेको छ।
















