१७ माघ,वीरगञ्ज । वीरगञ्जका पत्रकार विजय कुशवाहा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कुशवाहालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरेका हुन्।
पत्रकारिता क्षेत्रमा लामो अनुभव हासिल गरेका कुशवाहाको पार्टी प्रवेशले मधेस प्रदेशमा पार्टीको सांगठनिक आधार थप सुदृढ हुने नेताहरूले विश्वास व्यक्त गरेका छन्।
कुशवाहा विजयपथ डटकमका प्रधान सम्पादक हुन्। यसअघि उनी नेपाली कांग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्षका रूपमा सक्रिय थिए। साथै, उनले जनता टिभी र हिमालय टिभीमा मधेस ब्यूरो प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
















