Logo

१८ माघ,काठमाडौं । भारतको महाराष्ट्र राज्यको राजधानी मुम्बईमा चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर गोलीबारी भएको छ। शनिबार राति करिब ३ बजेतिर अज्ञात आक्रमणकारीहरूले चार राउन्ड गोली प्रहार गरेको मुम्बई प्रहरीले जनाएको छ।

घटना मुम्बईको जुहू क्षेत्रमा रहेको रोहित शेट्टीको निवास नजिकै भएको हो। उक्त क्षेत्र बलिउडका थुप्रै चर्चित कलाकारहरूको बसोबास क्षेत्रका रूपमा परिचित छ। घटनापछि प्रहरी र फोरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् भने घर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रहरीका अनुसार हालसम्म आक्रमणकारीहरूको पहिचान हुन सकेको छैन। गोलीबारीको कारण पनि खुल्न सकेको छैन र यस घटनाको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले सीसीटीभी फुटेज, फोरेन्सिक प्रमाण तथा अन्य सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार