Logo

१८ माघ,वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत जिराभवानी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रचार–प्रसार समिति गठन गरिएको छ। जयप्रकाश थारुको उम्मेदवारीका सन्दर्भमा आयोजित भेलाबाट भोला महत्तो थारुको नेतृत्वमा २५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको नेकपाका नेता पिएल श्रेष्ठलो जानकारी दिनु भयो ।

समिति गठन कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। भेलामा आगामी निर्वाचनका सन्दर्भमा संगठनात्मक तयारी र प्रचार–प्रसारका विषयमा छलफल गरिएको गरिएको थियो।

कार्यक्रम शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।


सम्बन्धित समाचार