१८ माघ,वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक कुमार टेमानीले सोमबार पर्सागढ नगरपालिका वडा नम्बर २, बागबनामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, जिज्ञासा र सुझावहरू सुनेका थिए। स्थानीयले विकास, सेवा–सुविधा र जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम शान्त र सामान्य वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।















