Logo

२० माघ,वीरगञ्ज । नेकपा एमाले निकट जनसंगठन प्रेस चौतारी नेपाल, पर्सा शाखा द्वारा आयोजित जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका युवा उम्मेदवारहरूले सक्रिय सहभागिता जनाएका थिए।

भेलामा निर्वाचन क्षेत्र नम्बर १ का प्रदीप यादव, २ का रिमा यादव, ३ का रुपेश पाण्डय र ४ का जालिम मियाले सुशासन, समग्र विकास, रोजगारी सिर्जना र जनउत्तरदायी राजनीतिलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट राजनीतिक भिजन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नेताहरूले पत्रकारिता र लोकतन्त्रबीचको सम्बन्ध, सत्य र जिम्मेवार पत्रकारिताको महत्व, र देश तथा समाजको रूपान्तरणमा सञ्चारकर्मीको निर्णायक भूमिका बारे सान्दर्भिक मन्तव्य राख्नुभएको थियो।

उम्मेदवारहरूले प्रस्तुत गरेको स्पष्ट दृष्टिकोण र विचारले कार्यक्रममा उपस्थित पत्रकार तथा कार्यकर्तामा नयाँ उत्साह र विश्वास थपिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा परिवर्तनको लहरलाई अझ सुदृढ बनाउन यी नेताहरूले आफ्नो सक्रियता निरन्तर जारी राख्ने संकेत दिएका छन्।


सम्बन्धित समाचार