Logo

२० माघ, काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो साङ्गठनिक पकड र जनमतको वस्तुस्थितिको मिहिन विश्लेषण गर्न ७२ जना हस्ती नेताहरूलाई चुनावी कमान्डरका रूपमा जिल्लाजिल्लामा खटाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ुनिर्वाचन परिचालन समितिु ले सातै प्रदेशका विभिन्न जिल्लाहरू तोकेर ६ दर्जनभन्दा बढी नेताहरूलाई स्थलगत जिम्मेवारी सुम्पिएको हो। पार्टीको वास्तविक हैसियत बुझ्न र कमजोर देखिएका क्षेत्रहरूमा तत्कालै सुधारात्मक कदम चाल्न यो कदम चालिएको समितिले जनाएको छ।

जिल्लामा खटिएका नेताहरूलाई केवल पार्टी कार्यकर्तासँग मात्र नभई आम मतदाताको मनोविज्ञान बुझ्ने र संगठनभित्रका आन्तरिक मनमुटाव मिलाउने कार्यभार दिइएको छ। सहमहामन्त्री डा। डिला संग्रौला पन्तका अनुसार, नेताहरूले स्थलगत ब्रिफिङ गरेपछि प्राप्त हुने प्रतिवेदनका आधारमा कांग्रेसले आफ्नो प्रचार-प्रसार र आगामी चुनावी रणनीतिलाई अन्तिम रूप दिनेछ। यस अभियानअन्तर्गत कोशी प्रदेशमा डा। संग्रौला आफैँ खटिनुभएको छ भने अन्य शीर्ष नेताहरूलाई पनि चुनौतीपूर्ण ठानिएका जिल्लाहरूमा विशेष प्राथमिकताका साथ पठाइएको छ।

निर्वाचन परिचालनको यो माइक्रो-लेभलु तयारीले कांग्रेसले यसपटक भावनात्मक नाराभन्दा पनि तथ्यपरक तथ्याङ्कमा आधारित भएर चुनाव लड्न चाहेको प्रष्ट हुन्छ । जिल्लाबाट फर्किने नेताहरूको सिफारिसका आधारमा कुन क्षेत्रमा कस्तो उम्मेदवारले बाजी मार्न सक्छ र विपक्षीको रणनीतिलाई कसरी काट्न सकिन्छ भन्नेमा कांग्रेसले गृहकार्य गर्नेछ। विशेषगरी अन्य दलबाट आउने प्रवेशीहरूको व्यवस्थापन र बालेन फ्याक्टरु जस्ता नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न यो जिल्लागत खटानी कोशेढुङ्गा सावित हुने पार्टीको विश्वास छ ।


सम्बन्धित समाचार