२२ माघ,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन्।
बिहीबार मतपत्र छपाइ स्थल, जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले चुनावमा सबै भूगोलको मौसम अनुकूल रहने र मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गरिन्।
उहाँले भन्नुभयो, “ढुक्क र निश्चिन्त हुनुस्। एकैदिनमा हुन्छ चुनाव। दुई चोटि हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ। मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर फर्कन्छौँ।”
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको भूमिका प्रशंसनीय रहेको भन्दै धन्यवाद व्यक्त गरेकी छन्।