२४ माघ,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले आज जारी गरेको सूचनाअनुसार बैठक आइतबार बिहान साढे ८ बजे ‘जुम’मार्फत बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
बैठकमा तीनवटा मुख्य एजेन्डामाथि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका–०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ तथा केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने छ।
पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिका सन्दर्भमा बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
















