२४ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवामा नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादव शनिबार बिहान घरदैलो कार्यक्रममा सहभागी भएका छन्।
स्थानीय स्रोतका अनुसार वडा नम्बर १६ का टोल–टोलबाट स्वस्फूर्त रूपमा निस्किएका युवाहरूले यादवको कार्यक्रममा भव्य स्वागत गरेका थिए। घरदैलो र जनता दर्शन कार्यक्रममा उपस्थित नगवावासीले उम्मेदवार यादवप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए।
कोण सभालाई सम्बोधन गर्दै यादवले विगतमा नगवाको विकासका लागि प्रयास गरेको र आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, युवा रोजगारी तथा अन्य विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय युवाहरूलाई कुनै असन्तुष्टि भए सिधै फोन वा सन्देश गरेर सम्पर्क गर्न आग्रह गर्दै सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने दोहो¥याए।
यादवले जनचाहनाअनुसार जनताको सेवामा निरन्तर सक्रिय रहँदा नगवावासीले मजबुत रूपमा आफ्नो पक्षमा उभिएको दाबी पनि गरेका छन्।
घरदैलो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुषाल चौरसिया, देवनाथ प्रसाद चौरसिया र मगदिश यादव लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।
















