Logo

२५ माघ,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डका टम ब्यान्टनलाई आउट गर्दै नेपाललाई तेस्रो विकेट दिलाएका हुन्। सन्दीपले आफ्नो ओभरको पहिलो बलमै महत्वपूर्ण विकेट लिएका हुन्।

ताजा स्थितिअनुसार ६.३ ओभरको खेल सकिँदा इंग्ल्यान्डले ३ विकेट गुमाएर ५९ रन बनाएको छ।

नेपालले सुरुआती ओभरहरूमा प्रभावशाली बलिङ गर्दै इंग्ल्यान्डमाथि दबाब बनाइरहेको छ।


सम्बन्धित समाचार