Logo

२५ माघ,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डको पाँचौँ विकेट लिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दै आएको थियो।

खेलको १५ ओभर ३ बलमा दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका साम करानलाई बोल्ड गर्दै महत्वपूर्ण विकेट हासिल गरेका हुन्। आउट हुनुअघि करानले ८ बलमा २ रन बनाएका थिए।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन्।

इंग्ल्यान्डको प्लेइङ–११ मा फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड रहेका छन्।

विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। समूहमा इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्।


सम्बन्धित समाचार