२५ माघ,वीरगञ्ज । फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मुलुकभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन मिति नजिकिएसँगै विभिन्न दलका उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा सक्रिय देखिएका छन्।
यसैक्रममा पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टीका लोकप्रिय उम्मेदवार कमरेड जयप्रकाश थारुलाई विजयी बनाउने उद्देश्यले निर्वाचन प्रचार–प्रसार परिचालन कमिटी गठन गरिएको छ।
कमरेड शरीफ गद्दीको संयोजकत्वमा ३१ सदस्यीय प्रचार–प्रसार परिचालन कमिटी गठन गरिएको हो। कमिटी गठनसम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
गठित कमिटीले घरदैलो, जनसम्पर्क, सभा तथा प्रचारात्मक गतिविधिहरूलाई तीव्र बनाउँदै उम्मेदवार थारुको पक्षमा जनमत सृजना गर्ने लक्ष्य लिएको छ।
















