Logo

२६ माघ,काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार प्रतितोला नौ हजार पाँच सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार थप चार हजार एक सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला तीन लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार दुई सय ५० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ४० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस पाँच हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


सम्बन्धित समाचार