Logo

 २६ माघ,झापा । प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवारी दर्ता गरेसँगै सातै प्रदेशमा चुनावी सडक यात्रा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा जुटेका छन्।

माघ ६ गते झापा–५ बाट उम्मेदवारी दर्ता गरेपछि शाह केही दिन पूर्वी नेपालमा सडक यात्रामा रहेका थिए। यस क्रममा उनी प्रायः आफ्नै पार्टीका उम्मेदवारसँग मात्रै भेटघाट र चुनावी रणनीतिमा छलफलमा व्यस्त थिए, मतदातासँग प्रत्यक्ष संवाद नगरेका थिए।

पूर्वी नेपालपछि मधेस, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको यात्रा गरेका उनले कतै पनि मतदातासँग संवाद नगरी पार्टीका उम्मेदवारसँग मात्र छलफल गरेका थिए।

तर अहिले उनले गाडीमा सडक यात्रा छोडेर घरदैलोमा लागेको शाहको सचिवालयले जनाएको छ। दुई दिनदेखि झापा–५ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ।

शाहले बिहानै कमल गाउँपालिकामा घरदैलो सुरु गरेका थिए। सानो केर्खा चोकबाट सुरु भएको घरदैलो क्रमशः सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ, संथाल बस्ती, ढ्यांग्री गाउँ, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कूल क्षेत्रमा पुगेको थियो।

घरदैलोका क्रममा शाह प्रायः मतदातासँग श्रोता भई उनीहरूको कुरा सुन्दै गए। कतिपय स्थानमा मात्र थोरै संवाद गरेका थिए। यसअघि सडक यात्रामा केही मतदाताले उनीसँग असन्तुष्टि पनि देखाएका थिए।

झापा–५ मा शाह प्रतिस्पर्धा गर्ने २४ उम्मेदवारमध्ये नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसकी मंधरा चिमरिया, नेकपाका रञ्जिच तामाङ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला पनि छन्।


सम्बन्धित समाचार