Logo

२६ माघ,काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सूचना प्रविधिको दुरुपयोग गरी फैलाइने झुटा सामग्री नियन्त्रण गर्न एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित “अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल युगमा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिसइन्फरमेशन, डिसइन्फरमेशन, हेट स्पिच तथा डिजिटल म्यानुपुलेशनबाट झुटा सामग्री बढ्दै गएको बताए।

आईजीपी कार्कीले भने, “कानून कार्यान्वयन नै कानूनी शासनको आधार हो। त्यसैले कटपेष्ट र कपीपेष्ट जस्ता यान्त्रिक प्रक्रियाले सिर्जनशीलताको शून्यता निम्त्याउँछ।”

उनले राष्ट्रिय सुरक्षाको महत्व सञ्चारकर्मीहरूले आफ्नो धर्मको रुपमा आत्मसात गर्नुपर्नेमा जोड दिंदै भने, “यस किसिमका गतिविधि नियन्त्रण, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले अब एआई र एड्भान्स एनालेटिक सेल बनाएर काम गर्नुपर्ने अवस्थामा छ।”


सम्बन्धित समाचार