२६ माघ,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई सोमबार विराटनगर विमानस्थलमा समर्थक तथा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन्।
कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका सभापति थापालाई पार्टीका नेता–कार्यकर्ता, भ्रातृ संगठनका प्रतिनिधि तथा समर्थकहरूले फूलमाला र नाराबाजीसहित स्वागत गरेका हुन्।
विमानस्थलमा संक्षिप्त भेटघाटपछि थापा प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उनी पार्टी कार्यकर्तासँग थप भेटघाट गर्दै सर्लाही जाने कार्यतालिका रहेको जनाइएको छ।
कार्यक्रमका क्रममा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
















