२६ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले इनरुवामा गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। सोमबार आयोजित कार्यक्रममा इनरुवाबासीको भिड उर्लिएको थियो।
घरदैलोका क्रममा स्थानीयवासीहरूले आफ्ना विभिन्न समस्या उम्मेदवार पन्तसमक्ष राखेका थिए। घरदैलो कार्यक्रमअघि इनरुवामा आयोजित कोणसभामा सयौं इनरुवाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।
कोणसभा विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो। सो सभाबाट विजय साहको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल, सहसचिवमा अजय कुमार महतो र प्रीतम कुमार महतो चयन भएका छन्।
त्यसैगरी समितिका सदस्यहरूमा जटाशंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलिप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बानिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, परमा यादव र रामायण दास रहेका छन्।
विजय साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्तोष पटेलले स्वागत भाषण गरेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। कार्यक्रममा उक्त वडाका सभापति रमेश चौरसियालगायत पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
















