Logo

२६ माघ,काठमाडौं ।भदौ २३ र २४ मा भएका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको म्याद पुनः थप गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको हो।

अन्तिम प्रतिवेदन तयार हुन नसकेपछि आयोगले सरकारसमक्ष म्याद थपका लागि अनुरोध गरेको थियो। यसअघि पनि आयोगको म्याद पटक–पटक थपिँदै आएको छ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलन आदेश २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णयसमेत भएको छ।


सम्बन्धित समाचार