Logo

२८ माघ,सेढवा । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिएका छन्। पछिल्ला दिनमा उनले जिराभवानी गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलो अभियानअन्तर्गत रिजालले वडा नम्बर–३ परसवा, वडा नम्बर–५ का हरैया, सखुवनिया, शंकरसरैया, कोढौली, सढी तथा वडा नम्बर–४ का कोढौली र सुपौली लगायतका गाउँमा पुगेर मतदातासँग संवाद गरेका थिए। सो क्रममा उनले आगामी निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरे।

कार्यक्रममा स्थानीय बासिन्दाले उम्मेदवार रिजाललाई स्वागत गर्दै आफ्ना अपेक्षा तथा समस्याबारे जानकारी गराएका थिए। पूर्वमन्त्री तथा निर्वतमान सांसदसमेत रहेका रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।


सम्बन्धित समाचार