Logo

१ फागुन, काठमाडौं । झापा भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्कने कार्यक्रममा एकाएक परिवर्तन आएको छ ।

यसअघि बुद्ध एयरको नियमित उडानमार्फत राजधानी फर्कने तालिका रहे पनि मौसममा आएको खराबीका कारण जहाज डिले भएपछि उहाँले हेलिकप्टर प्रयोग गर्ने निर्णय गर्नुभएको हो । विमानस्थल सुरक्षा कार्यालयका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत मध्यान्ह १२ बजे झापाबाट प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ ।

राजधानी फिर्तीको यो यात्रा करिब १ घण्टा १० मिनेटको हुने र उहाँ दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने सुरक्षा स्रोतले जनाएको छ। उहाँको फिर्तीलाई लिएर विमानस्थल क्षेत्रको सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
यसैबीच, पूर्वराजाको स्वागतका लागि राजावादी सङ्गठनहरूले विमानस्थल बाहिर ठुलो सङ्ख्यामा समर्थकहरू उतार्ने तयारी गरेका छन् । विभिन्न समूहको उपस्थिति र सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा घेरा कडा बनाएको छ । प्रदर्शनका क्रममा हुनसक्ने कुनै पनि उच्छृङ्खल गतिविधि वा अप्रिय घटनालाई रोक्न विमानस्थल र आसपासका क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै