Logo

१ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम निरन्तरतासहित सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सञ्चालन गरिएको यस कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक स्थानीयवासीको ठूलो सहभागिता र उत्साहजनक समर्थन देखिएको छ।

घरदैलोका क्रममा स्थानीयवासीले यसपटकको निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरेका थिए। स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूले “यसपालिको मत परिवर्तनका लागि” भन्ने नारासहित उम्मेदवार कानुलाई समर्थन जनाएका थिए।

उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पचरुखि टोलसहित पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकलाई समयमै मल र सिंचाइको पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए।

त्यसैगरी बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिताले उम्मेदवार कानुको चुनावी अभियानलाई थप गति दिएको र पर्सा–२ मा रास्वपा समर्थकहरूको उत्साहजनक उपस्थिति देखिएको छ।


सम्बन्धित समाचार