Logo

१ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई आज मुर्लीमा घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले काँबर बोकाएर स्वागत गरेका छन्।

मुर्ली क्षेत्रमा मतदाता भेटघाटका लागि पुगेका पन्तलाई स्थानीयले प्रतीकात्मक रूपमा काँबर बोकाएर घरदैलो गराएका हुन्। काँबरको अगाडि र पछाडि पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन साह को तस्बिर झुन्ड्याइएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले विभिन्न स्थानमा टीका, माला र खादा लगाएर उम्मेदवार पन्तलाई स्वागत गरेका थिए। उपस्थित स्थानीयहरूले यसपटकको निर्वाचनमा आफ्नो वडाबाट रास्वपालाई अग्रता दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा रास्वपाको गतिविधि तीव्र बन्दै गएको देखिएको छ।


सम्बन्धित समाचार