Logo

२ फागुन,वीरगञ्ज । पब्लिक फिटनेस सेन्टरको आयोजनामा दोस्रो बेञ्च प्रेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा २५ जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा दिलिप कुमार महराले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे। त्यसैगरी श्याम ठाकुर द्वितीय र अरुण कुमार साह तृतीय स्थानमा रहे।

प्रतियोगिताको निर्णायक मण्डलमा अकलेश पटेल, आसिफ अंसारी, खालिद हुसेन, विशाल यादव र सुमित पटेल रहेका थिए। निर्णायकहरूले निष्पक्ष मूल्याङ्कनमार्फत विजेताहरूको घोषणा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि राजेशमान सिंहले युवाहरूलाई स्वास्थ्य, अनुशासन र खेलकुदतर्फ प्रेरित गर्दै नियमित व्यायाम र खेलकुदमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। उनले यस्ता प्रतियोगिताले युवामा सकारात्मक ऊर्जा र आत्मविश्वास वृद्धि गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार