२ फागुन,काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको आधिकारिक पात्रो सार्वजनिक गरेको छ। समितिका अनुसार यो वर्षका प्रमुख पर्व र सांस्कृतिक कार्यक्रमको मिति सार्वजनिक भएको छ, जसले नागरिकहरूलाई पर्व–तिथिका बारेमा समयमै योजना बनाउन सहयोग गर्नेछ।
वर्षभरिका प्रमुख पर्व र महत्त्वपूर्ण दिनहरू
पात्रो अनुसार, वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान मनाइनेछ भने १८ गते शुक्रबार गौतम बुद्ध जयन्ती ९बुद्ध पूर्णिमा० पर्व रहनेछ।
साउन महिनामा १३ गते बुधवार गुरुपूर्णिमा, भदौ महिनामा १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी, र २९ गते सोमवार हरितालिका तीज मनाइने व्यवस्था गरिएको छ।
दसैं र तिहारको मिति
सबैभन्दा ठूलो हिन्दु पर्व दशैं असोज २५ गते आइतवार घटस्थापना गर्दै सुरु हुनेछ। कात्तिक ४ गते बुधवार विजयादशमी अर्थात् टीका लगाइने दिन तोकिएको छ।
त्यसपछि, कात्तिक २० गते शुक्रवारदेखि तिहार सुरु हुनेछ भने २५ गते बुधवार भाइटीका पर्व मनाइनेछ। साथै, कात्तिक २९ गते आइतवार छठ पर्व मनाउने मिति सार्वजनिक गरिएको छ।
अन्य पर्व र सांस्कृतिक कार्यक्रम
माघ २४ गते आइतवार सोनाम ल्होसार, २८ गते बिहीवार बसन्त पञ्चमी, फाल्गुन २२ गते शनिवार महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार, र चैत्र महिनामा पहाडी क्षेत्रमा ७ गते तथा तराईमा ८ गते होली पर्व मनाइनेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीहरूले नागरिकहरूलाई पात्रो अनुसार आफ्ना धार्मिक, सांस्कृतिक, र सामाजिक कार्यक्रमको तयारी अघि बढाउन सुझाव दिएका छन्। साथै, समितिले पर्व–तिथिको पालना गर्दा परम्परा र सांस्कृतिक मूल्यको संरक्षणमा पनि योगदान पुग्ने बताए।
यो पात्रोले नेपाली नागरिक, विद्यार्थी, कर्मचारी, र धार्मिक संस्था–संगठनलाई वर्षभरका पर्व र महत्वपूणर्् दिनहरूको व्यवस्थित योजना बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।















