Logo

२ फागुन,काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजा बरामद गरी एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २८ केजी ६८० ग्राम गाँजा बरामद गरेको छ। सो गाँजा सुनसरीको देवानगंज गाउँपालिका–४ र ५ स्थित सीमाबाट बरामद गरिएको थियो। गाँजा ओसारपसारमा संलग्न व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, मोरङको जहदा गाउँपालिका–२ मधुमल्लाबाट करिब २ सय ७५ किलो गाँजा बरामद गर्दै, सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय चन्दन साहलाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।


सम्बन्धित समाचार