२ फागुन,काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३, दोभानमा आइतबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
घटनामा गुल्मीको कालिगण्डकी गाउँपालिका–४ का ३१ वर्षीय मिलन सार्की र झन्डै ३० वर्षकी एक महिलाको मृत्यु भएको हो। मृत महिलाको नाम अहिलेसम्म खुलाइएको छैन।
पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार, मोटरसाइकल विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
















