Logo

२ फागुन,जनकपुर । जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाँचौं संस्करण यही फागुन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ। शनिबार पत्रकार सम्मेलनमार्फत महोत्सवका मुख्य आयोजक मैथिली विकास कोषले कार्यक्रमबारे जानकारी दिएका छन्।

अध्यक्ष जीवनाथ चौधरीका अनुसार यस वर्षको महोत्सवमा मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले पनि सहयोग गरेको छ। महोत्सव मंगलबारदेखि शुक्रबारसम्म ९१७–२० फेब्रुअरी २०२६० चल्नेछ।

चौधरीले महोत्सवको विशेष आकर्षणका रूपमा मिथिला भोजन प्रदर्शनी, चित्रकला प्रदर्शनी, हस्तकला प्रदर्शनी साथै नेपाली र भारतीय विद्वान तथा गायक–गायिकाको सांस्कृतिक प्रस्तुति रहेको बताए।

त्यसैगरी महोत्सव अवधिभर विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला, पुस्तक प्रदर्शनी र विभिन्न विमर्शात्मक कार्यक्रमहरू आयोजना हुनेछन्। प्रत्येक दिन नेपाल र भारतका प्रख्यात मैथिली कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने जानकारी दिइएको छ।

अध्यक्ष चौधरीले यस महोत्सवले मैथिली भाषा, साहित्य र संस्कृतिलाई नयाँ पिँढी र विश्व समुदाय सामु प्रवर्द्धन गर्ने प्रयास गरिरहेको बताए।


सम्बन्धित समाचार