Logo

२ फागुन,सर्लाही । जनता समाजवादी पार्टी नेपाल ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी, लोसपाका महासचिव मनिष मिश्र, र केदारसिंह ठटौलाहिटका नेता तथा कार्यकर्ताहरूले कांग्रेसको रोजाइ गरेका छन्।

नेपाली कांग्रेसका सभापति तथा सर्लाही ४ का उम्मेदवार गगन कुमार थापाले नयाँ प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्दै, आगामी चुनावी अभियानमा उनीहरूको योगदान महत्वपूर्ण हुने बताए।

थापाको चुनावी प्रचारक्रमका क्रममा सर्लाहीमा विभिन्न दल छाडेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहर देखिएको छ। यसले पार्टीको जनसमर्थनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार