३ फागुन,वीरगञ्ज ।आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा भइरहेको छ। भारतको वानखेडे रंगशाला मा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुआत गरेको छ।
इनिङ्सको सुरुमै ओपनर कुशल भुर्तेल एक रन जोडेर पेभिलियन फर्किएका छन्। प्रारम्भिक झट्कापछि नेपाल दबाबमा परेको छ भने अन्य ब्याट्सम्यानहरूलाई इनिङ्स सम्हाल्ने चुनौती थपिएको छ।
नेपालले प्रतिस्पर्धात्मक योगफलका लागि मध्यक्रमबाट जिम्मेवार ब्याटिङको अपेक्षा गरिएको छ। खेलको थप अपडेट क्रमशः आउनेछन्।















