Logo

३ फागुन,काठमाडौं । आईसीसी विश्वकपअन्तर्गत मम्बईको वाङ्खडे रंगशालामा आइतबार वेस्ट इन्डिजविरुद्ध खेलेको खेलमा नेपालले १० ओभरमा ४६ रनमा पाँच विकेट गुमाएको छ।

नेपालका ब्याटर लोकश बम १० ओभरको चौथो बलमा आउट भए। उनले १५ बल खेल्दै १३ रन जोड्दै २ चौका प्रहार गरे। चौथो विकेटका रुपमा आरिफ शेख ८ बलमा २ रनमा आउट भएका थिए।

ओपनर कुशल भुर्तेलले १, आशिफ शेखले ११ र कप्तान रोहित पौडेलले ५ रन मात्र जोडे। सुरुमा ब्याटिङ निकै दबाबमा परेको नेपाल अब दीपेन्द्रसिंह ऐरी र गुल्सन झामाको जिम्मेवारीमा आफ्नो इनिङ उकास्ने प्रयास गर्दैछ।

खेलको सुरुवात वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ रोजेर गरेको थियो।


सम्बन्धित समाचार