३ फागुन,वीरगञ्ज । टी–२० विश्वकपमा नेपालले मुम्बईको वानखेडे मैदानमा जारी खेलमा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो। दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रन बनाउँदै अर्धशतक पूरा गरे, जसले नेपालको स्कोरलाई केही उचाइमा पुर्यायो। सोमपाल कामी २६ रनमा अविजित रहे। अन्य खेलाडीहरूमध्ये लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ र गुलशन झाले ११ रन योगदान दिए।
बलिङतर्फ, वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए।
खेल दुबै टोलीका लागि निर्णायक छ। दुई खेल हारिसकेको नेपाल आजको खेल पनि हार्यो भने सुपर एटको दौडबाट बाहिरिनेछ। भने दुई खेल जितिसकेको वेस्ट इन्डिजले नेपाललाई हराएमा सुपर एटमा पुग्नेछ।
















