Logo

३ फागुन,वीरगञ्ज । टी–२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी छ।

नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ। नेपालका नन्दन यादवले ब्रान्डन किङलाई आउट पार्दै टोलीलाई पहिलो सफलता दिलाए। किङ १७ बलमा २२ रन बनाएर आउट भएका थिए, जसमा उनले चार चौका प्रहार गरेका थिए।

खेलमा वेस्ट इन्डिजको ब्याटिङ यात्रा सुरु भइसकेको छ र नेपालले बलिङमा दबाब कायम राख्दै राम्रो सुरुवात गरेको छ।


सम्बन्धित समाचार