Logo

४ फाल्गुण, काठमाडौं । नेपाली घरजग्गा बजारमा अपेक्षित उत्साह नदेखिँदा सरकारी ढुकुटीमा जम्मा हुने राजस्व संकलनमा समेत केही गिरावट आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूबाट कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यो रकम पुस महिनाको तुलनामा न्यून हो, जतिबेला ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो । घरजग्गाको कारोबारले अझै गति लिन नसकेका कारण राजस्वमा यस्तो प्रत्यक्ष प्रभाव देखिएको विभागको विश्लेषण छ ।

राजस्व घटे पनि लिखत पारितको संख्यामा भने गत वर्षको तुलनामा केही सुधार देखिएको छ । विभागका अनुसार माघ महिनाभर देशभर ५० हजार ८३७ वटा लिखत पारित भएका छन् । संकलित कुल राजस्वमध्ये सेवा करबापत ३१ करोड ५८ लाख रुपैयाँ र रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यसैगरी, घरजग्गा बिक्रीबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ । कारोबारको संख्यामा झिनो बढोत्तरी देखिए पनि ठूला र महँगा प्लटहरूको कारोबार सुस्त हुनाले समग्र राजस्वमा संकुचन आएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै