४ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तीव्र रूपमा चलेको छ। पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास (प्रगतिशील लोकतान्त्रिक पार्टी) ले आफ्नो चुनाव चिन्ह आँखा छाप मा मतदान गरी विजयी बनाउने लागि सक्रिय प्रचार–प्रसार अभियान सञ्चालन गरेका छन्।
आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १, बजार छपकैया क्षेत्रमा उनले आम जनसमुदायसँग भेटघाट र घरदैलो कार्यक्रम सम्पन्न गरे। कार्यक्रममा सहभागीहरूले आँखा छापमा मतदान गर्ने वाचा गरे र उम्मेदवारलाई सधैं जनतासँग भेटघाट गर्दै रहन सुझावसमेत दिएका छन्।
उम्मेदवार अमिताभ बच्चन दास ले जिल्लालाई कृषि र व्यापारिक हब बनाउनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो राजनीतिक अभियानमा युवालाई केन्द्रमा राख्ने, भरोसा कायम गर्ने र क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उद्देश्य राखेको बताए।
निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको घरदैलो, प्रचार–प्रसार र मतदाता भेटघाट कार्यक्रम तीव्र भइरहेको छ, जसले आगामी चुनावको परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

















