Logo

४ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तलाई स्थानीयले भव्य स्वागत गरेका छन्। पूर्वमन्त्री प्रदीप यादवको गृहगाउँ मानिने मनियारीमा आइतबार आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा पन्तलाई स्थानीयले उत्साहजनक स्वागत गरेका हुन्।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार पन्तसँग गाउँका विकास निर्माण, कृषि, र रोजगारीका समस्याका साथै मुलुकको विद्यमान राजनीतिक र आर्थिक अस्थिरताका बारेमा जिज्ञासा राखेका थिए। जवाफमा पन्तले अब मुलुकको नेतृत्व रास्वपाले गर्ने दाबी गर्दै आफ्नो क्षेत्रलाई केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यमा जोड्न रास्वपालाई जिताउन आग्रह गर्नुभयो।

कार्यक्रममा महानगर सहसचिव मुन्ना साह, स्थानीय नेताहरू सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रञ्जित यादव, विवेक यादव, विजय साह, राजकिशोर यादव, ललन पटेल लगायतको बाक्लो उपस्थिति रहेको थियो।

सोही क्रममा आइतबार नै पर्साका बेलबा , ज्योति स्पिनिङ र श्रीपुर गरि विभिन्न स्थानबाट एक हजारभन्दा बढी व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

बेल्वाबाट रामप्रीत यादव, रमेश्वर यादव, मुन्नीलाल साह, सन्देश कुशवाहा राज, किशोर महतो, हबिस मिया, अलख राउत, शिवनारायण बैठा, योगेन्द्र मिश्रा र हजरल मियाको नेतृत्वमा ठूलो समूह रास्वपामा जोडिएको छ भन्ने श्रीपुरबाट जसपा युवा संघका सचिव त्रिनेश गिरी, गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनील महतो र विवेक ठाकुरको नेतृत्वमा युवाहरू रास्वपा प्रवेश गरेका छन्।

साथै ज्योति स्पिनिङ स्थानबाट अवध किशोर यादव र रामनरेश यादवको नेतृत्वमा मजदुर तथा स्थानीयहरू पार्टीमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूलाई उम्मेदवार हरि पन्तले स्वागत गर्दै नयाँ पुस्ताको आशा र भरोसालाई मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार
भर्खरै