Logo

५ फागुन, काठमाडौँ । श्रीलंकाले टी-२० विश्वकपमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ ।

अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछाएको श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। श्रीलंकाको जितमा पाथुम निसान्काले अविजित १०० रन बनाएका थिए भने कुसल मेन्डिसले ५१ रन बनाए ।

सोमबार राति पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो। यो जितपछि श्रीलंकाको ३ खेलमा तिनै जितसहित ६ अंक भएको छ र सुपर आठमा पुगेको छ ।

त्यस्तै लगातार दोस्रो हारपछि अस्ट्रेलिया समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। मंगलबार जिम्बाबेले आयरल्याण्डलाई पराजित गरेमा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिने छ ।

अस्ट्रेलियाले समूह चरणको अन्तिम खेल ओमानसँग आगामी शुक्रबार खेल्ने तालिका छन् ।


सम्बन्धित समाचार